Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मीनबहादुरको जग्गादानविरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको इजलासमा

मीनबहादुरको जग्गादानविरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको इजलासमा

मंगलवार , मंसिर २५, २०८१

काठमाडौं । नेकपा एमालेको कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा परेको छ।

एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी गुरुङबाट दानमा पाएको जग्गासम्बन्धी विवादमा दायर भएको रिट न्यायाधीशद्वय श्रेष्ठ र ढुङ्गानाको संयुक्त इजलासमा परेको हो ।

व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई दानमा जग्गा दिएपछि त्यसविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यद्यपि लामो समयदेखि यो मुद्दाको पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको छ।

गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन असोज २५ गते काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए।

सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077