Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

बिहिवार , मंसिर २७, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ मा बस्दै आएका ४५ वर्षीय विष्णु लोप्चन रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।

विष्णुले जापान पठाइदिने भन्दै एक पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077