Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नयाँ बाटो हिँड्ने क्रममा माओवादी चिप्लिएको छ : प्रचण्ड

नयाँ बाटो हिँड्ने क्रममा माओवादी चिप्लिएको छ : प्रचण्ड

बिहिवार , मंसिर २७, २०८१

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र ०६४ पछि नयाँ बाटो हिँड्ने क्रममा चिप्लिएको बताएका छन् ।

भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरे।

अध्यक्ष प्रचण्डले भने,‘पहिला बीचमा हामी चिप्लिँदै गर्दा, जनतासँगको सम्बन्ध बलियो बनाउन नसक्दा माओवादी भनेर छाति खोलेर भन्न पनि अप्ठेरो अप्ठेरो हुने भएको थियो । अहिले विस्तारै आफूलाई माओवादी भन्न गर्व गर्नसक्ने स्थिति आएको छ ।'

कतिपयले पार्टीको नाम फेर्दा जनताले भोट दिने तर्क गर्ने गरेको भन्दै त्यस्तो नहुने जिकिर गरे ।

सरकारमा हुँदा गरेका केही राम्रा कामहरूको कारण माओवादीप्रति अहिले विस्तारै जनता सकारात्मक बन्दै गएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077