Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रहरीका ८ डीआईजीको पदस्थापन तथा काज सरुवा, को-कहाँ ? [सूचीसहित]

प्रहरीका ८ डीआईजीको पदस्थापन तथा काज सरुवा, को-कहाँ ? [सूचीसहित]

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रहरीका आठजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको पदस्थापन भएको छ । हालै बढुवा भएका उनीहरुलाई लामो रस्साकस्सी पछि पदस्थापन गरिएको हो ।

गृह मन्त्रालय (मन्त्रीस्तर) को यही मंसिर १७ गतेको निर्णय अनुसार जनपद प्रहरी समूहका वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई डीआईजी पदमा बढुवा गरिएको थियो ।

मन्त्रालयको बिहीबारको अर्को निर्णयअनुसार उनीहरूलाई विभिन्न स्थानमा पदस्थापन गरिएको हो ।

पदस्थापन हुनेमा धुब्रराज रावत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ, डम्मर बहादुर बि.क रहेका छन् ।

साथै पदस्थापन विवरण अभिलेखमा अद्यावधिक गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077