Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगीमा लेखा समितिका सभापति पोखरेलकी श्रीमतीसहित २६ जनाविरूद्ध मुद्दा

सहकारी ठगीमा लेखा समितिका सभापति पोखरेलकी श्रीमतीसहित २६ जनाविरूद्ध मुद्दा

शुक्रवार , मंसिर २८, २०८१

विराटनगर । सहकारी ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।

मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा ऋषिकेशकी पत्नी अञ्जलासहित २६ जना विरुद्ध मुद्दा दायर भएको हो।

जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ। सहकारीका वर्तमान अध्यक्ष शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

कार्यकर्ताले खोलेको सहकारीको सञ्चालकमा पोखरेलले नै पत्नीको नाम राखेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ ।

उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077