Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

दुबई पठाइ दिन्छु भन्दै ४ लाख ठगी गर्ने एक जना पक्राउ

दुबई पठाइ दिन्छु भन्दै ४ लाख ठगी गर्ने एक जना पक्राउ

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । वैदेशीक रोजगारीका लागि दुबई पठाइ दिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका -६ बस्ने ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् ।

उनलाई काठमाडौंबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आकर्षक तलबमा दुबई पठाइ दिने भन्दै चित्रकारले पीडितसँग ४ लाख रुपैयाँ लिएको र त्यसपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077