Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अटो चालकको इमान्दारीता, बेवारिसे सुनका गरगहना सम्बन्धित व्यक्तिलाई बुझाइयो

अटो चालकको इमान्दारीता, बेवारिसे सुनका गरगहना सम्बन्धित व्यक्तिलाई बुझाइयो

शुक्रवार , मंसिर २८, २०८१

कैलाली । धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहाबाट गेटातर्फ जाँदै गरेको अटोमा फेला परेका सुनका गहना सम्बन्धित मान्छेलाई बुझाइएको छ।

सु.प्र.०१-००१ ह ४०७८ नम्बरको अटोमा हराएको आठ तोला सुनका विभिन्न गहनासहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाइएको हो ।

बैतडीको पाटन नगरपालिका ३ का रामदत्त भट्टको धनगढी चौराहाबाट गेटा विमानस्थलतर्फ जाँदै गर्दा कालो रङको झोला अटोमै छुटेको थियो।

उक्त झोलामा आठ तोला सुनका गरगहना रहेका थिए। अटो चालक शंकर दत्त बडुले उक्त झोला फेला पारी जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गरेपछि प्रहरीको समन्वयमा झोला भट्टलाई हस्तान्तरण गरिएको हो।

प्रहरीले हराएका वस्तु सुरक्षित फिर्ता गर्न सहयोग पुर्‍याउने कार्यप्रति सधैं प्रतिबद्ध रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077