Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एआईजी ढकालले पाए अवकाश, प्रहरीमा एआईजीका दुई पद रिक्त

एआईजी ढकालले पाए अवकाश, प्रहरीमा एआईजीका दुई पद रिक्त

शुक्रवार , मंसिर २८, २०८१

काठमाडौं । नेपाल प्रहरीका एआईजी भिमप्रसाद ढकालले शुक्रबारदेखि अनिवार्य अवकाश पाएका छन् । एआईजीको ५६ वर्ष उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।

उनको अवकाशसँगै नेपाल प्रहरीमा एआईजीका दुई पद रिक्त भएका छन् । गत २१ मंसिरमा एआईजी केदार ढकालले अवकाश पाएका थिए । एआईजी किरण बज्राचार्यले १६ पुसदेखि अवकाश पाउँदैछिन् ।

त्यस्तै, डीआईजी अर्जुन चन्द ठकुरीले पनि ३० मंसिरमा अवकाश पाउनेछन् । एआइजीको दुई दरबन्दीमा बढुवाका लागि दुर्गा सिंह चन्द, भरतबहादुर बोहरा, जनक भट्टराई, लालमणि आचार्य, रबिन्द्र केसी, चन्द्रकुबेर खापुङ समेत दाबेदार हुन् ।

उनीहरुमध्ये बोहराले १४ पुसमा अवकाश पाउनेछन् । अवकाशअघि जसरी पनि एआईजी हुने उनको दाउ छ ।
एआईजीसँगै डीआईजीमा पनि बढुवाको तयारी भइरहेको छ ।

अब डीआईजीका तीन पद रिक्त भएका छन् । जसमा वरियताअनुसार ओमबहादुर राना, ईश्वर कार्की र दिनेश कुमार आचार्य अगाडि छन् ।

साथै, अब एसएसपीका रिक्त पद पनि २४ हुने भएको छ । बढुवाको टक्करकै कारण एसएसपीमा बढुवा निस्कन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077