काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदिन ताम्राकार प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह तर्फका डीएसपी ताम्रकारलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी साइबर ब्युरो, साइबर रेस्पोन्स तथा साइबर सुरक्षा शाखामा प्राविधिकका रूपमा कार्यरत छन् ।