Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बाजुरामा बालिका हत्या आरोपमा एकजना पक्राउ

बाजुरामा बालिका हत्या आरोपमा एकजना पक्राउ

शनिवार , मंसिर २९, २०८१

बाजुरा । बाजुरामा बालिकाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका–२, नडाङ सनइवाडाका ४८ वर्षीय नन्दे सनइ छन् ।

नडाङ सनइवाडाकै हर्क सनइकी छोरी आठ वर्षीया विनिता नेपालीको हत्या गरेको उनीमाथि आरोप छ ।

शुक्रबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नन्देले धारिलो हतियार प्रहार गरी विनिताको हत्या गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077