Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

२.९५ अंकले नेप्से बढ्दा ४ अर्ब ३४ करोडको सेयर कारोबार

२.९५ अंकले नेप्से बढ्दा ४ अर्ब ३४ करोडको सेयर कारोबार

मंगलवार , पौष २, २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन सोमबार ५१.३७ अंकले घटेको नेप्से आज २.९५ अंकले बढेर बन्द भएको हो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ।

आज ३१८ स्क्रिप्सको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार ७४० रुपैयाँमा खरिदबिक्री भए।

सोमबार ५ अर्ब बढिको सेयर कारोबार भएको थियो। कारोबारमा आएका स्टक्समध्ये ११७ वटाको मूल्य बढ्दा ११७ वटाकै घट्यो।

बाँकी १० स्टक्सको मूल्य स्थिर रह्यो। पाँच समूहको उपसूचक घट्दा अन्यको उपसूचक भने सकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077