Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

५ अंकले नेप्से घट्दा ४ अर्ब २७ करोडको सेयर कारोबार

५ अंकले नेप्से घट्दा ४ अर्ब २७ करोडको सेयर कारोबार

बुधवार , पौष ३, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज सामान्य अंकले घटेर बन्द भएको छ।

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेको हो।

अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ।

आज ३१४ स्क्रिप्सको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो।

मंगलबार ४ अर्ब ३४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।फाइनान्स,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

कारोबारमा आएका स्टक्समध्ये ८१ वटाको मूल्य बढ्यो भने १४९ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077