Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्री लेखकको निर्देशन

बिहिवार , पौष ४, २०८१

काठमाडौं। गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतभित्र रहेका रास्वपा सभापति रवि लामिछानेको तस्विर भाइरल भएको विषयमा अनुसन्धान गर्न निर्देशन दिएका छन्।

गृहमन्त्री लेखकले प्रहरी हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक कसरि भयो भन्ने विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री लेखकले प्रहरी प्रमुख आईजीपी बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेका थिए । गृहमन्त्री लेखकले त्यसको यथार्थ छानविन गर्न प्रहरीलाई निर्देश दिएका हुन् ।

लेखकले उक्त तस्बीरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रहरी प्रवक्ता विश्व अधिकारीले पनि तस्बीर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077