Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

कास्की प्रहरीले भन्यो - रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं

कास्की प्रहरीले भन्यो - रवि लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं

बिहिवार , पौष ४, २०८१

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनी कारबाही गर्ने बताएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाएको हो ।

कास्की प्रहरीले साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने जनाएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नेगरी अनधिकृत रूपमा सुरुमा डा. निकोलस भुसालको फेसबुक पेजबाट त्यो तस्बिर सार्वजनिक भएको कास्की प्रहरीले उल्लेख गरेको छ ।

कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ।’

भुसालले पनि उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

उक्त तस्वीर सार्वजनिक भएकोप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले फौजदारी न्याय प्रणालीका मुल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न प्रतिवद्ध रहेको पनि बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077