Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तीन अभियोगसहित रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी

तीन अभियोगसहित रवि लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी

शुक्रवार , पौष ५, २०८१

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज अदालतमा अभियोजन गर्ने तयारी भइरहेको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज अदालतमा अभियोग पत्र दर्ता गर्न लागेको हो ।

सरकारी वकिल कार्यालयले मिसिल अध्ययन अध्ययन र अभियोगपत्र तयार पार्न ४ दिनको समय बाँकी राखिएको थियो । उक्त समय आज सकिँदैछ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको बताइएको छ ।

प्रहरीले रविसहित ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077