Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

तस्करीमा संलग्न गोरुसिङ्गेका इन्सपेक्टर डीआईजीबाट पुरस्कृत

तस्करीमा संलग्न गोरुसिङ्गेका इन्सपेक्टर डीआईजीबाट पुरस्कृत

शुक्रवार , पौष ५, २०८१

बुटवल। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी दानबहादुर कार्की एक सातामै विवादमा तानिएका छन्।

गाईगोरु तस्करीको सेटिङ चलाएका कपिलवस्तुको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्सपेक्टर वीरबहादुर सुनारलाई मंसिर महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको छ ।

डीआईजी कार्की आफैं पुगेर उनलाई सम्मानित गरेकोमा धेरै प्रहरीले अनौठो मानेका छन् । बिहीबार निरीक्षणमा गएका डिआइजी कार्कीले इन्सपेक्टर सुनारलाई सम्मानित गरेका हुन्।

इन्सपेक्टर सुनारमाथि तस्करीको लाइन समेत चलाएको आरोप लागेको छ । दुई साताअघि गोरुसिङ्गेमा आयोजित औद्योगिक प्रदर्शनीमा अवैध गतिविधिलाई संरक्षण गरेको घटनामा पनि इन्सपेक्टर सुनारमाथि छानविन भइरहेको छ ।

महोत्सवमा राती १० बजेसम्म दोहोरी चलाउन दिने मात्र होइन मदिरा समेत खुलेआम बिक्रि गरिएको छ। प्रहरी समेतको मिलेमतोमा यस्तो काम भएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

उनै बदनाम इन्सपेक्टरलाई डीआईजीले पुरस्कृत गरेपछि प्रहरीभित्र प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077