Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

काठमाडौं महानगरले भाटभटेनीलाई तिरायो दुई लाख जरिवाना

काठमाडौं महानगरले भाटभटेनीलाई तिरायो दुई लाख जरिवाना

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभाटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिको कल सेन्टरमा मंसिर १९ मा सुपरमार्केटले ‘बासी सडेको र किरा लागेको खाना बेचेको गुनासो आएपछि अनुगमनका क्रममा देखिएको कैफियतका आधारमा जरिवाना गरिएको हो ।

महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड (घ) र (ड) बमोजिम कसुर गरेको पाइएको भन्दै सोही ऐनको दफा ३० (१), (ख) बमोजिम दुई लाख जरिवाना गरिएको भाटभटेनीलाई लेखिएको पत्रमा भनिएको छ ।

महानगरले जरिवाना रकम महानगरको राजस्व खातामा जम्मा गर्न तथा उच्च गुणस्तर र खाद्य योग्य वस्तुको मात्रै बिक्री गर्न पनि भाटभटेनीलाई चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077