Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रिहा भए दुर्गा प्रसाई, भने - मेरो तस्करहरुसँग लडाइँ हो, जारी रहन्छ

रिहा भए दुर्गा प्रसाई, भने - मेरो तस्करहरुसँग लडाइँ हो, जारी रहन्छ

शुक्रवार , पौष ५, २०८१

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशबमोजिम उनी रिहा भएका हुन् । उनी संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुर गरेको अभियोगमा केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोमा थिए ।

उनलाई छोरा निराजनको जिम्मा लगाएर छोडिएको सीआईबीले जनाएको छ । उनलाई आइतबार हाजिर जमानीका लागि बोलाइएको बताइएको छ ।

हिरासतमा रहेका प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनु भनी सर्वोच्चले बिहीबार आदेश गरेको थियो । त्यसबमोजिम नै उनलाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।

रिहाइपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘तस्करहरुसँगको लडाइँ हो मेरो । यो जारी हुन्छ । यो छाल आउने बेला हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनी भ्रम फैलाएको आरोपमा उनी पक्राउ परेका थिए । सो मुद्दामा धरौटीमा रिहा भएका प्रसाईँलाई अदालत परिसरबाटै प्रहरीले पुनः नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077