Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

थुनुवालाई छुटाइदिने भन्दै रकम असुल्ने तीन जना पक्राउ

थुनुवालाई छुटाइदिने भन्दै रकम असुल्ने तीन जना पक्राउ

शनिवार , पौष ६, २०८१

धनगढी । कैलालीमा थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गर्ने तीन जना पक्राउ परेका छन् ।

लागुऔषध मुद्दामा पक्राउ परेका एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै परिवारबाट रकम असुल्ने तीन जनालायई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन् ।

उनीहरुले थुनामुक्त गरिदिने भन्दै लिएको साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको थियो ।

उनीहरुले थुनुवाका परिवारलाई विश्वासमा पार्न उद्देश्यले किर्ते कागजपत्र बनाएर नेपाली कागजमा अदालतको आदेश समेत लेखेर देखाएका थिए ।

उनीहरूलाई थुनामुक्त गरिदिन भन्दै लेखिएको अदालतको भनिएको आदेशमा जिल्ला प्रहरी कार्यालय कैलालीको लोगो र नाम राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077