Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

लिक्विड लाउञ्ज कुटाकुट प्रकरणमा किन प्रक्राउ परेनन् संजीव स्याल ?

लिक्विड लाउञ्ज कुटाकुट प्रकरणमा किन प्रक्राउ परेनन् संजीव स्याल ?

शनिवार , पौष ६, २०८१

काठमाडौं । काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका काभ्रेली समूहबाट एक युवकमाथि भएको निर्घात कुटपिट योजनाबद्ध जस्तो देखिएको छ ।

घटनामा लाउञ्जका सञ्चालक संजीव लामा ‘स्याल’को भूमिका समेत शंकास्पद देखिएको छ । बिहान ३ बजेर १४ मिनेटको समयमा बैतडीका रमेश भट्टमाथि निर्घात कुटपिट भएको थियो।

सिसिटिभी फुटेजअनुसार १५ सेकेण्डसम्म उनी निरन्तर कुटपिट हुँदा पनि कसैले छुट्याउने प्रयास गरेको देखिन्न । जबकी यस्ता रात्रीकालिन लाउञ्जमा अनिवार्य रुपमा बाउन्सर राख्नुपर्ने हुन्छ ।

कुट्नेहरु पनि लाउञ्जका सञ्चालक संजीव स्याल निकट काभ्रेका छन् । जसले घटना थप शंकास्पद बनेको छ । कुटपिटमा संलग्न ८ जना पक्राउ पर्दा पनि संजीवलाई भने प्रहरीले पक्राउ गरेको छैन । उनी पनि गुन्डागर्दीको आरोपमा विगतमा बारम्बार पक्राउ परेका व्यक्ति हुन् ।

सो घटनामा पक्राउ पर्नेहरुमा तरुण दलका केन्द्रीय सदस्य कुलध्वज तामाङ समेत छन् । रोशी गाउँपालिका-४ महादेवटार घर भएका उनी यसअघि ज्यान मुद्दा र चोरी मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।

पक्राउ परेका अर्का सुजन लामा तरुण दलका काभ्रे अध्यक्ष हुन्। उनी पनि गुन्डागर्दीमा संलग्न व्यक्ति हुन् । काभ्रेको भुम्लु गाउँपालिका-४ घर भएका उनी ललितपुरमा व्यवसायी राजन लामामाथि आक्रमण गरेको घटनामा पक्राउ परेका थिए । उनी भुम्लुका गाउँपालिका उपाध्यक्ष दावा लामाका निकट हुन् ।

त्यस्तै, पब्लिक युथ क्याम्पस, धोबिचौरका स्ववियु उपसभापति रहेका काभ्रे तिमालका मिलन लामा, तरुण दलको भुम्लु गाउँपालिका अध्यक्ष सुलभ पहारी, तरुण दलका काभ्रे जिल्ला सदस्य युवराज लामा, सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तरुण दल अध्यक्ष दावा लामाका साथै डम्बरबहादुर कार्की र शक्ति लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुबाट पीडित भट्ट गृहमन्त्री रमेश लेखक निकट हुन्। भट्टले गृहमन्त्री लेखकलाई मामाको नाता लगाउने गर्दछन् ।

हेर्नुहोस् भिडियो :

[video width="766" height="432" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2024/12/beKVPMvy.mp4"][/video]

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077