Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

समीक्षा अधिकारीले दिइन् आफ्नो चरित्रहत्या गर्नेविरूद्ध साइबर ब्युरोमा उजुरी

समीक्षा अधिकारीले दिइन् आफ्नो चरित्रहत्या गर्नेविरूद्ध साइबर ब्युरोमा उजुरी

आइतवार , पौष ७, २०८१

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या गर्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले शनिबार साइबर ब्युरोमा उजुरी दर्ता गराएकी हुन् ।

एआईको दुरूपयोग गरी भिडिओ बनाएर चरित्रहत्या गरेपछि २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको समीक्षाले जानकारी दिइन् ।

शनिबार बेलुका उनले उजुरी दिएको विवरण समेत सामाजिक सञ्जालमा राख्दै यसबारे जानकारी दिएकी छन्।

सस्तो लोकप्रियता कमाउने उद्धेश्यले कसैको जीवनलाई असर पर्ने गरी गैरकानुनी क्रियाकलाप नगर्न समेत उनले अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077