Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

हनि ट्रयापिङ मुद्धामा फरार रहेकी इन्सपेक्टर विनु शाही अदालतमा उपस्थित

हनि ट्रयापिङ मुद्धामा फरार रहेकी इन्सपेक्टर विनु शाही अदालतमा उपस्थित

आइतवार , पौष ७, २०८१

काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक व्यापारीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा असुलेको आरोपमा फरार रहेकी इन्सपेक्टर बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन्।

प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा आफैं उपस्थित भएकी हुन् । ‘हनी ट्रयाप’ गिरोहसँग मिलेमतो गरेको आरोप लागेकी उनी जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएकी थिइन् ।

हनि ट्रयापिङमा संलग्न गिरोहले गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा इटहरीका व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै धम्काएर ३० लाख लिएको थियो ।

जसमा प्रहरीको समेत मिलेमतो थियो । त्यसबेला प्रभागको प्रमुखमा इन्सपेक्टर शाही थिइन् । करिब एक महिनापछि शाही भने अदालतमा आफैं उपस्थित भएकी हुन्।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो।

पक्राउ परेसँगै इन्सपेक्टर शाहीको पेशी न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा चढेको छ। अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि बहस हुनेछ।

त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077