Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

धनगढीबाट सुनसहित दुई भारतीय पक्राउ

धनगढीबाट सुनसहित दुई भारतीय पक्राउ

आइतवार , पौष ७, २०८१

धनगढी । कैलाली प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहबाट जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले दुई भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित वर्मा रहेका छन् ।

उनीहरलाई कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी बाट ५४९ दशमलव २ सय ग्राम सुनसहित पक्राउ गरेको हो ।

गाडी चेकजाँच गर्दा उक्त सुन, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ एक हजार २८० बरामद गरिएको छ ।

चेकजाँचका क्रममा सुन, नगद र ल्यापटपसहित गाडी र सो गाडीमा सवारी दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077