Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रवि पत्नी निकिता पौडेलको सम्पत्ति पनि जफत गर्न माग

रवि पत्नी निकिता पौडेलको सम्पत्ति पनि जफत गर्न माग

आइतवार , पौष ७, २०८१

पोखरा । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीका अनुसार निकितालाई मुख्य कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको हो।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ।

उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ। लामिछानेले यसरी ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ। रविको मात्रै २७ करोड भन्दा बढीको बिगो मागदाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो।

उनीसँगै पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम मागदाबी गरेको हो।

उनीहरूसँगै जिबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077