Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सहकारी ठगीमा रविविरूद्ध मात्रै ३ करोड ३७ लाख बिगो मागदाबी

सहकारी ठगीमा रविविरूद्ध मात्रै ३ करोड ३७ लाख बिगो मागदाबी

आइतवार , पौष ७, २०८१

पोखरा । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ३ करोड ३७ लाख बिगो मागदाबी भएको छ।

सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा लामिछानेविरूद्ध मात्रै ३ करोड ३७ लाखको बिगो मागदाबी गरेको हो ।

जिल्ला अदालत कास्‍कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेले सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको र सोही बराबरको बिगो मागदाबी गरिएको छ ।

सहकारी ठगीमै पूर्वडिआइजी छविलाल जोशीविरूद्ध ५ करोठ २६ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको छ।

नेकपा माओबादी केन्द्रका नेतासमेत रहेका दिपेश पुनविरूद्ध सहकारी ठगीमा मात्रै दुई करोड १४ लाख ८ हजार ८४३ रुपैयाँको बिगो माग गरेको छ।

सरकारी वकिल कार्यालयले रवि लामिछानेको सम्पत्ति शुद्धीकरणमा पनि २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ।

लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कुल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077