काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सहकारीका पूर्वअध्यक्ष भरत जंगमलाई पक्राउ गरेको हो ।
काठमाडौंबाट आइतबार पक्राउ परेका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ । साई स्वागतको निवर्तमान उपाध्यक्ष रास्वपा सभापति निकिता पौडेल रहेकी छिन् ।