Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

यस्तो छ रवि लामिछानेविरुद्ध दर्ता गरिएको अभियोगपत्र [पुर्णपाठसहित]

यस्तो छ रवि लामिछानेविरुद्ध दर्ता गरिएको अभियोगपत्र [पुर्णपाठसहित]

आइतवार , पौष ७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अभियोग पत्र दायर गरेको हो ।

उनी विरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात पाँच सय र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

अदालतमा दायर गरेको अभियोग पत्र ४२७ पृष्ठ लामो रहेको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका थिए । लामिछानेविरुद्ध बुटवल, चितवन, वीरगञ्ज र काठमाण्डौमा पनि उजुरी परेको थियो ।

प्रहरीले चारै ठाउँमा लगेर बयान पनि लिएको थियो । अब थुनछेक बहस हुनेछ । सुनुवाइपछि पुर्पक्षका लागि धरौटीमा छोड्ने वा जेल चलान गर्ने भन्ने अदालतले ठहर गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077