Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

रवि लामिछानेलाई हिरासतमै फर्काइयो, सोमबारबाट थुनछेक बहस हुने

रवि लामिछानेलाई हिरासतमै फर्काइयो, सोमबारबाट थुनछेक बहस हुने

आइतवार , पौष ७, २०८१

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ ।

आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि उनलाई हिरासतमै फर्काइएको हो ।

कात्तिक २ गते काठामाडौँबाट पक्राउ परेका लामिछानेलाई देशका विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो ।

जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भए पनि थुनछेक बहस आरम्भ भएन ।

यसअघि जिल्ला अदालत कास्कीले सातौं पटक प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको दिएको थियो । अब उनी थुनछेक बहस नसकिञ्जेलसम्म कास्की प्रहरीकै न्यायिक हिरासतमा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077