Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बोहरा र सिंहले लगाए एआईजीको फुली

बोहरा र सिंहले लगाए एआईजीको फुली

आइतवार , पौष ७, २०८१

काठमाडौं । नेपाल प्रहरीका दुईजना अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार एक कार्यक्रमकाबीच प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका भरतबहादुर बोहरा र दुर्गा सिंह चन्दलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

उनीहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरे ।

नेपाल सरकार मन्त्रिपरिषद्को पुस ५ गतेको निर्णय अनुसार उनीहरुलाई एआईजीमा बढुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077