Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दोहोरो अंकले बढ्यो नेप्से , कारोबार रकम सामान्य घट्यो

दोहोरो अंकले बढ्यो नेप्से , कारोबार रकम सामान्य घट्यो

सोमवार , पौष ८, २०८१

काठमाडौं । साताको दोस्रो कारेबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ।

आइतबार १३ अंकले घटेको नेप्से परिसूचक सोमबार २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा अडिएको हो।

यसदिन नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। आइतबार ४ अर्ब ५१ करोडको सेयर कारोबार भएकोमा सोमबार ४ अर्ब ४३ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८ करोड रूपैयाँ कमी आएको हो। आज ३२८ वटा धितोपत्रको ८९ लाख ८ हजार ८५१ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ वटाको घटेको छ। यस्तै आठ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077