Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - वैकल्पिक राजनीति कसैको लहडमा हैन, युगको आवश्यकताले जन्माउने हो

बाबुराम भट्टराई भन्छन् - वैकल्पिक राजनीति कसैको लहडमा हैन, युगको आवश्यकताले जन्माउने हो

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीति कसैको लहडमा नभइ युगको आवश्यकताले जन्माउने बताएका छन् ।

मङ्गलबार आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।

'वैकल्पिक राजनीति कसैको लहडमा हैन, युगको आवश्यकताले जन्माउने हो,' उनले भनेका छन्, 'सत्य र न्यायको कर्म र ज्ञान-विज्ञानको खोजी एकै झट्कामा पूरा हुने विषय हैनन् । अन्तिम सफलता थुप्रै असफलताको चरण पार गरेर मात्र प्राप्त हुन्छ।'

उनले नेपालका पुराना दलहरूलाई धोइपखाली गर्नतिर नलागेर नयाँ वैकल्पिक शक्ति निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । उनले लेखेका छन् 'पुराना शक्तिहरूलाई धोइपखाली गर्न वा उनीहरूसँग लसपस गर्न छाडेर अब सबै नयॉं वैकल्पिक राजनीतिक शक्ति निर्माणमा केन्द्रित होऔँ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077