Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह

बुधवार , पौष १०, २०८१

बुटवल । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधन गर्ने बताएका छन् ।

बुधबार रूपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

शहरी विकासमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताए ।

उपप्रधानमन्त्री सिंहले कोभिड महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई नकास्न सरकारले काम गरिरहेको र अहिले सुधारका संकेत देखिन थालिसकेको उनले बताए ।

सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोर शिलान्यास र दयानगर दानव लिफ्ट सिंचाइ योजना उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन सिंह रुपन्देही पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077