Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरुङ

सहकारी ठगीमा संलग्न सबैमाथि छानबिन हुन्छ : सञ्चारमन्त्री गुरुङ

बुधवार , पौष १०, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबैमाथि छानबिन हुने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन्। सञ्चारमन्त्री गुरुङले सहकारी ठगीमा संलग्न व्यक्ति जुनसुकै दलको भएपनि छानबिन हुने बताए ।

उनले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताए । रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारबाही गर्‍यो भन्नु गलत भएको उनको भनाइ छ ।

सञ्चारमन्त्री गुरुङले राज्यले गर्ने छानबिनलाई सबैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए ।

छानबिनलाई नै प्रभाव पार्ने काम गैरकानूनी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077