Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेले बोलायो पुस तेस्रो साता केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो पुस तेस्रो साता केन्द्रीय कमिटी बैठक

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पुसको तेस्रो साता काठमाडौंमा बस्ने भएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठक पुसको २१ र २२ गते बस्ने निर्णय गरेको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन लगायत एजेण्डा तय भएको बताइएको छ ।

यस्तै भीम रावललाई संगठित सदस्यबाट हटाइएको छ भने विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077