Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

जिम्मेवारी खोसिएपछि बिन्दाले भनिन् - हामी पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टी दिए

जिम्मेवारी खोसिएपछि बिन्दाले भनिन् - हामी पार्टी काममै थियौँ, नेताले ६ महिना छुट्टी दिए

बुधवार , पौष १०, २०८१

काठमाडौँ । एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई महिनाका लागि निलम्बन गरेको छ । एमालेको बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

उनले मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालयका लागि जग्गा र भवन दान दिने र एमालेले लिने निर्णयको आलोचना गरेकी थिइन् । सो निलम्बनबारे प्रतिक्रिया दिँदै पाण्डेले पार्टी काममै रहेका बेला निलम्बनका विषयमा थाहा पाएको बताइन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, 'हामी त पार्टी काममै थियौं, नेताले ६ महिना छुट्टी दिएको खबर सुनियो । यो अवधिलाई रचनात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्नु पर्नेछ । यहाँहरूको सुझाव पाऊँ ल ।'

यस्तै केन्द्रीय सदस्य उषाकिरण तिम्सिना पनि ६ महिनाका लागि निलम्बनमा परेकी छिन् । एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई भने साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077