Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

निलम्बनमा परेपछि उषाकिरणको प्रतिक्रिया - नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो

निलम्बनमा परेपछि उषाकिरणको प्रतिक्रिया - नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो

बुधवार , पौष १०, २०८१

काठमाडौं । नेकपा एमालेको निलम्बनमा परेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी नेतृत्वले पञ्चको नक्कल गरेको प्रतिक्रिया दिएका छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले उनलाई ६ महिनाका लागि निलम्बन गरेपछि यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले सामाजिक सञ्जालमा पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल गरेर आफूहरूलाई कारबाही गरिएको उल्लेख गरिन् ।

आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं. १ अन्तर्गत शिवपुरी गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम सकेर भर्खर घर आइपुगेको उनले बताएकी छिन् ।

‘‘तल्लो तहका आमकार्यकर्ता, तिनको लगाव, मिहिनेत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ,’’ उनले लेखेकी छिन्, ‘पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गादान लिएर एमालेले कीर्तिपुरमा भवन बनाउने निर्णयप्रति असहमति जनाउँदै उनले सार्वजनिक टिप्पणी गरेकी थिइन् ।

गत कात्तिक ४ गते बसेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

तर सचिवालय बैठकले तिम्सिनासहित विन्दा पाण्डेलाई स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनासम्म कुनै जिम्मेवारी नदिने निर्णय गरेको छ ।  नेता रावललाई भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077