Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रावललाई एमालेबाट निष्कासन गरेपछि पोखरेल भन्छन्– स्थायित्वका लागि अनुशासन अत्यावश्यक

रावललाई एमालेबाट निष्कासन गरेपछि पोखरेल भन्छन्– स्थायित्वका लागि अनुशासन अत्यावश्यक

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुशासनको अभावले पार्टीभित्र द्वन्द्व, अविश्वास र विघटनको अवस्था निम्त्याउन सक्ने बताएका छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले केन्द्रीय सदस्यद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना जिम्मेवारीमुक्त र पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निष्कासन गर्ने निर्णय गरेपछि यस्तो बताएका हुन् ।

उनले कुनै पनि पार्टीको दीर्घकालीन सफलता र स्थायित्वका लागि अनुशासन अत्यावश्यक हुने बताए । ‘पार्टी अनुशासनबारे एआईको धारणा’ भन्दै उनले ६ बुँदामा यसको औचित्य प्रस्ट पारेका छन् ।

‘पार्टीमा अनुशासनको महत्त्व अत्यन्तै उच्च छ, किनभने कुनै पनि संगठनको सफलता र स्थिरता अनुशासनमा आधारित हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘अनुशासनले पार्टीका सदस्यहरूलाई पार्टीका नियम, आदर्श र लक्ष्यअनुसार सञ्चालन गर्न प्रेरित गर्छ।’’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077