Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

एमालेबाट निष्काशनमा परेपछि रावलले भने – ओलीको अन्यायपूर्ण निर्णयको कार्यकर्ताले विरोध गर्नुपर्छ

एमालेबाट निष्काशनमा परेपछि रावलले भने – ओलीको अन्यायपूर्ण निर्णयको कार्यकर्ताले विरोध गर्नुपर्छ

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको निर्णयको विरोध गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत् आफ्नो प्रतिकृया सार्वजनिक गर्दै नेता रावलले यस्तो आग्रह गरेका हुन्।

रावलले आफूलाई निष्कासन गर्ने एमाले सचिवालय बैठकको निर्णयको विरोधमा सोही पार्टीका कार्यकर्ताको समर्थन खोजेका छन्।

सामाजिक सञ्जाल एक्समा टिप्पणी सार्वजनिक गर्दै रावलले भनेका छन्, ‘केपी गुटको असहिष्णु, निषेधात्मक र निहित स्वार्थी चरित्र निरंकुश, तानाशाही र स्वेच्छाचारी व्यवहारमा छताछुल्ल भयो । नेकपा (एमाले)को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो।कतिपय भ्रष्ट, अनैतिक, फौजदारी मुद्दा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरूलाई काखि च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन।’

रावलले सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा आफू विश्वस्त रहेको बताए।

आफूलाई पार्टी सदस्यबाट हटाउने अध्यक्ष ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय रहेको रावलको टिप्पणी छ ।

बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077