Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत [सूचीसहित]

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत [सूचीसहित]

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको उक्त विभागमा बिहीबार थप सदस्य मनोनयन गरेका हुन् ।

सभापति देउवाले डा लक्ष्मीराज पाठक, डा मुक्तिराम श्रेष्ठ, डा अनिलकुमार झा, डा सुमन कर्माचार्य, डा सुशीलनाथ प्याकुरेल र श्यामचन्द्र यादवलाई मनोनयन गरेका हुन् ।

यस्तै, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पुजा फुयाल र वुधिसरा सुनुवारलाई सदस्य पदमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077