Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

बिचौलियाको डिजाइनमा सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न लागेको वर्षमानको आरोप

बिचौलियाको डिजाइनमा सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न लागेको वर्षमानको आरोप

बिहिवार , पौष ११, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको आरोप लगाएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र रोल्पा जिल्लाका कार्यक्रमहरूमा व्यस्त रहेका नेता पुनले माओवादी लुङग्री गाउँपालिकाको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले सरकारको यो कदमले देशको अर्थतन्त्र डामाडोल हुने र यसको स्वामित्व पूरै बिचौलियाको हातमा पुग्ने आरोप लगाए ।

आफू अर्थमन्त्री भएको बेलामा नै नयाँ स्टक एक्सचेन्ज खोल्न ठूलो दबाब आएको दाबी गर्दै उनले त्यतिबेला अस्वीकार गरेको स्मरण गरे ।

साथै सरकारको यो गलत कदमको माओवादीले सदन र सडकबाट भण्डाफोर र खबरदारी गर्ने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077