Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

धमाधम निष्कासनमा पर्दै नेता, निरन्तर क्षयीकरणको बाटोमा एमाले

धमाधम निष्कासनमा पर्दै नेता, निरन्तर क्षयीकरणको बाटोमा एमाले

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । लामो समय लोकतन्त्रको अभ्यास गर्दै आएको संसद्को दोस्रो ठूलो दल नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका कारण केही वर्षयता क्षयीकरणको शिकार बन्दै आएको छ ।

पार्टीको नवौं महाधिवेशनबाट मूल नेतृत्वमा आएका ओलीले त्यसयता पार्टीभित्रका फरक मत, फरक विचार समूह र आन्तरिक प्रतिष्पर्धालाई अस्वीकार गर्ने नीतिका कारण पार्टी क्षयीकरणको मारमा परेको हो ।

एमालेका महत्वपूर्ण नेताहरुलाई एक पछि अर्कोगरी पार्टीबाट अलग्याइनुले पार्टीको शक्ति कमजोर हुँदै जाने हो कि भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । एक वर्ष अघिमात्रै एमाले उपमहासचिव घनश्याम भुसालले पार्टी छाडेर नेकपा एसमा प्रवेश गरेका थिए ।

पुस १० मा एमाले सचिवालयको निर्णयले नेता भीम रावलको सदस्यता खारेज गर्दै विन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि पार्टीको जिम्मेवारीबाट हटाउने निर्णयले एमालेभित्रको आन्तरिक लोकतन्त्रमाथि थप प्रश्न उठेको छ ।

पार्टी अध्यक्ष ओलीको पेलानलाई थेग्न नसकेकर एमालेबाट माधव नेपाल समूह बाहिरिएपछि असन्तुष्ट नेताहरूलाई उपयुक्त जिम्मेवारी दिएर पार्टीमा राख्न नसकेको एमालेका एकाथरी नेताहरूले टिप्पणी गर्न थालेका छन्। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077