Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भीम रावल आफै पार्टीबाट निस्कनुभएको हो, हामीले निकालेका होइनौं : शंकर पोखरेल

भीम रावल आफै पार्टीबाट निस्कनुभएको हो, हामीले निकालेका होइनौं : शंकर पोखरेल

शुक्रवार , पौष १२, २०८१

चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल आफै पार्टीबाट निस्किएको बताएका छन्।

प्रेस चौतारी चितवनले गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले रावललाई पार्टीले हटाएको नभई उनी आफै हटेको बताए। महासचिव पोखरेलले एमाले हुनका लागि एमालेको विधान र अनुशासनमा बस्नुपर्ने पनि बताए।

महासचिव पोखरेलले भने,'पार्टीको हरेक निर्णय र नीतिहरूको विपक्षमा क्याम्पेन चलाएर हिँडेपछि पार्टी सदस्य हुँ भनिरहन मिल्छ ? त्यसकारण रावलजीलाई हामीले निकालेको होइन उहाँ आफै निस्किएको हो भन्ने बुझ्छु। नागरिकका रूपमा उहाँलाई कारबाही गर्नुपर्ने आवश्यकता छैन। उहाँ सचेत नागरिक हो। पार्टीको कार्यकर्ताको हकमा भने आफ्नो मूल्यमान्यता हुन्छन्। त्यसमा बस्न सकेन भने ऊ कसरी पार्टी सदस्य रहिरहन्छ।'

पोखरेलले चितवनमै भएको दसौं महाधिवेशनमा रावललाई उपाध्यक्षको जिम्मेवारी लिनुस् भन्दा नमानेको पनि बताए।

त्यतिबेला कार्यकर्ताको भावना विपरीत उम्मेदवारी दिँदा अध्यक्षमा मात्र नभई केन्द्रीय समितिमा पनि पराजित भएको पोखरेलले बताए।

तर रावलले सल्लाहकार समितिमा बस्न अस्वीकार गरेको र पूर्वपदाधिकारीको हैसियतमा पार्टीको पक्षमा भन्दा पनि विपक्षमा अभियान चलाएर हिँडेको महासचिव पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077