Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भीम रावललाई सुध्रिने मौका दिएका हौं : शंकर पोखरेल

भीम रावललाई सुध्रिने मौका दिएका हौं : शंकर पोखरेल

शुक्रवार , पौष १२, २०८१

चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई पार्टीले सुध्रिने मौका पनि दिएको बताएका छन्।

प्रेस चौतारीले चितवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले पार्टीमा रहँदा भीम रावलका गतिविधिहरू अनुशासन विपरीतका रहेपनि सुध्रने मौका दिइएको बताए।

महासचिव पोखरेलले भने,'संसदभित्र संसदीय ह्वीप अत्यन्त महत्त्वपूर्ण मानिन्छ। ह्वीप उल्लंघन गर्‍यो भने स्वतः कारबाहीको भागीदार हुन्छ। संसदभित्र एमाले के गर्दै थियो, उहाँ के गर्दै हुनुहुन्थ्यो भन्ने त सबैले थाहा पाएकै विषय हो। त्यसका बाबजुद पनि उहाँलाई सुध्रिने मौका दिएका हौं।'

उनको गतिविधि पार्टी अनुशासन विपरीतका रहेका कारण स्पष्टीकरण समेत सोधिएको महासचिव पोखरेलले बताए।

रावलले गरेका कुराहरू अनुशासनका दायराभन्दा बाहिर छन् भन्ने कुराको प्रमाण जुटाउनै नपर्ने पनि पोखरेलको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077