Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

आफ्नै कर्मले भीम रावल एमालेबाट बाहिरिए : शंकर पोखरेल

आफ्नै कर्मले भीम रावल एमालेबाट बाहिरिए : शंकर पोखरेल

शुक्रवार , पौष १२, २०८१

नवलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नै कर्मले भीम रावल पार्टीबाट बाहिरिएको बताएका छन्।

नेपाल उद्योग तथा व्यवसायी महासंघ नवलपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्।

उनले पार्टीबाट बाहिरिसकेका रावललाई यसबारे पार्टीले जानकारी मात्रै दिएको बताए ।

महासचिव पोखरेलले भने,‘जसले एमाले सिध्याउन लागेका छन् उनीहरूलाई बडा चिन्ता लागेको छ, उनीहरूले बडा दुःख व्यक्त गरेका छन्। अनुशासनहीनता उद्देश्य प्राप्तिका लागि तगारो हुने गर्दछ।'

पार्टीलाई अनुशासित बनाउनका लागि यो कदम चालिएको उनको भनाइ थियो। अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पूरा नगर्ने प्रवृत्ति बढ्दै गएको पोखरेलले बताए ।

अधिकार खोज्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077