Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

योगेश भट्टराई भन्छन् - पोखरा विमानस्थल बिआरआई परियोजना होइन

योगेश भट्टराई भन्छन् - पोखरा विमानस्थल बिआरआई परियोजना होइन

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत नभएको दावी गरेका छन् ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ मा नागरिक उड्ययन र अर्थतन्त्रबारे भएको अन्तरक्रियामा पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।

उनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको बिआरआई परियोजनासम्बन्धी भएका १० परियोजनाको सम्झौतामा पोखरा अन्तरराष्ट्रिय विमानस्थल नरहेको स्पष्ट देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077