Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

संघीय निजामती सेवा ऐनमा सरकारले ढिलाइ गरेको माओवादी केन्द्रको आरोप

संघीय निजामती सेवा ऐनमा सरकारले ढिलाइ गरेको माओवादी केन्द्रको आरोप

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन सरकारले ढिला गर्न खोजेको आरोप लगाएको छ ।

सिंहदरबारमा शुक्रबार बसेका प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यस्तो आरोप लगाएका हुन् ।

शुक्रबार संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधनकर्तासँगको छलफल भएको थियो ।

सोही क्रममा पाण्डेले विधेयकको छलफलका क्रममा सामान्य प्रशासन मन्त्री उपस्थित नहुनुले सरकारले नै उक्त विधेयकलाई ढिला गर्न खोजेको महसुस भएको बताए ।

उनले संघीय निजामती सेवासम्बन्धी विधेयक अघि नबढ्दा प्रदेश र स्थानीय सरकारले सहज ढंगले काम गर्न नसकेकाले गम्भीर हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077