Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

रास्वपाभित्र गुटउपगुट नभएको कार्यवाहक महामन्त्री बुर्लाकोटीको दाबी

रास्वपाभित्र गुटउपगुट नभएको कार्यवाहक महामन्त्री बुर्लाकोटीको दाबी

शुक्रवार , पौष १२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीभित्र गुटउपगुट नभएको दाबी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकपछि कार्यवाहक महामन्त्री बुर्लाकोटीले यस्तो दाबी गरेका हुन् ।

उनले पार्टीमा फरक मत हुन सक्ने तर गुटउपगुट नभएको बताए । साथै उनले कार्यवाहक सभापति तोक्ने विषयमा पनि पार्टीमा कुनै विमति नरहेको स्पष्ट पारे ।

पार्टीको विधानअनुसार कार्यवाहक सभापति तोकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077