Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

भीम रावललाई निष्काशन गरेपछि कर्ण थापाको टिप्पणी - ठण्डा दिमागले सोचौँ, देश आबेगमा बन्दैन

भीम रावललाई निष्काशन गरेपछि कर्ण थापाको टिप्पणी - ठण्डा दिमागले सोचौँ, देश आबेगमा बन्दैन

शनिवार , पौष १३, २०८१

काठमाडौं । नेकपा एमालेका नेता कर्ण बहादुर थापाले नेतृत्वलाई ठण्डा दिमागले सोच्न अनुरोध गरेका छन् ।

एमालेका पूर्वउपाध्यक्ष तथा पूर्व गृहमन्त्री समेत रहेका डा. भीम रावललाई पार्टीबाट निष्काशन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन् ।

उनले असल नियतका साथ साधारण छलफलबाट समाधान गर्न सकिने विषयलाई झनै जटिल बनाउने व्यबहारले संसारै बदल्ने कुरा गर्दा अपत्यारिलो हुन्छ कि भन्दै प्रश्न गरे ।

उनले भनेका छन्, 'ठण्डा दिमागले सोचौँ । देश आबेग, उत्तेजना,निराशा र असन्तुष्टि वा विरोधले बन्दैन है । सबैका अनुभव र योग्यतालाई मिलाएर एकलयमा काम गर्दा मात्रै सही परिणाम निकाल्न सकिन्छ । सही ढंगले सौचौँ, त्यही अनुसार कदम चालौँ । नकारात्मक काममा एक सेकेन्ड समय पनि खेर नफालौँ ।'

थापा पनि सुदूरपश्चिमका नेता हुन् । उनको पनि पछिल्लो समय अध्यक्ष ओलीसँग दुरी बढेको चर्चा छ ।

बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो भने स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णय पश्चात एमालेमा तरंग पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077