Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

गठबन्धन सरकार ढल्ने सपना कसैले नदेखे हुन्छ : परराष्ट्रमन्त्री राणा

गठबन्धन सरकार ढल्ने सपना कसैले नदेखे हुन्छ : परराष्ट्रमन्त्री राणा

शनिवार , पौष १३, २०८१

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान सरकार जनताका आशाअपेक्षालाई सम्बोधन गर्ने गरि अघि बढिरहेको बताउकी छन्।

धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन् ।

उनले सरकार मुलुकको विकास, समृद्धि, सुशासन र जनताका आशाअपेक्षालाई सम्बोधन हुने गरि अघि बढिरहेको बताईन्।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा आशा भरोसा बढेको उनको भनाई छ ।

परराष्ट्रमन्त्री राणाले मुलुकमा राजनीतिक विकास भइसकेकाले अब सामाजिक र आर्थिक विकासको आवश्यकता रहेको बताइन् ।

वर्तमान सरकार ढल्छ भनेर भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता हल्ला र भ्रमका पछि नलाग्न समेत आग्रह गरेकी छन् ।

उनले कांग्रेस-एमाले गठबन्धन सरकार ढल्छ भनेर कसैले दिवा सपना नदेख्न आग्रह गरिन् ।

सत्ता गठबन्धन पुरै अवधि जाने र सरकार सहजीकरणका लागि दुई दलको कार्यदल बनेको परराष्ट्रमन्त्री राणाले बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077