Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

कांग्रेसलाई एक्लै चुनाव लड्नसक्ने बनाउनुपर्छ : शेखर कोइराला

कांग्रेसलाई एक्लै चुनाव लड्नसक्ने बनाउनुपर्छ : शेखर कोइराला

शनिवार , पौष १३, २०८१

धनुषा ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई आगामी निर्वाचनमा एक्लै चुनाव लड्नसक्ने बनाउनु पर्ने बताएका छन् ।

धनुषा पुगेका नेता कोइरालाले नेता कार्यकर्ताहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।

नेता कोइरालाले भने, ‘अहिले अलमलमा रहेको कांग्रेसलाई हामीले सबै मिलेर सुधारेर अघि बढ्नुपर्नेछ। मलाई साथ दिनुहुन्छ भन्ने विश्वास छ। १५ औं महाधिवेशन समयमै हुनुपर्छ भन्ने हामी सबैको मान्यता छ। तर पदाधिकारीहरुले कोशिस गरेपनि कसरी जान्छ हेरौं। अलिकति लम्बियो भने त केही फरक पर्दैन। तर, धेरै लम्बियो भने अफ्ठ्यारो पर्छ।’

उनले कांग्रेसले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने भन्दै एक्लै लड्नसक्ने संगठन बनाउन लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077